चितवन / आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षको ६ महिनामा रु ७ अर्ब ५० करोड ९९ लाख राजस्व अशुली गरेको छ । राजस्व बिभागले पुस महिना सम्मका लागि दिएको लक्ष्य को ८७ दशमलब ८३ प्रतिशत राजस्व अशुली भएको हो । कार्यालयका सूचना अधिकारी कपिलराज नेपालका अनुसार पुस मसान्त सम्मको लक्ष्य रु ८ अर्ब ५५ करोड ३ लाख ११ हजार रहेको थियो ।
बिभागले कार्यालयलाई यस वर्ष रु १८ अर्ब ९१ करोड ५८ लाख ८१ हजार लक्ष्य दिएको थियो । पुस महिना सम्ममा सो लक्ष्यको ३९ दशमलब ७० प्रतिशत राजस्व संकलन भएको हो । नेपालका अनुसार चालु आर्थिक वर्षको पुस सम्ममा आयकर तर्फ रु १ अर्ब ७ करोड ३४ लाख २ हजार, बहालकर तर्फ रु २२ लाख ६० हजार, व्याजकर तर्फ रु ६ करोड ८७ लाख १२ हजार राजस्व संकलन भएको छ ।
यस्तै मूल्य अभिवृद्धि कर तर्फ रु १ अर्ब ७१ लाख ७४ हजार, अन्तःशुल्क रु ५ अर्ब ३ करोड ३९ लाख १२ हजार, शिक्षा सेवा शुल्कमा रु १ लाख १५ हजार र स्वास्थ्य सेवा करमा रु ३९ लाख ५४ हजार राजस्व संकलन भएको छ । गत आर्थीक वर्षको पुस मसान्त सम्ममा रु १५ अर्ब ४ करोड ४४ लाख ७७ हजार राजस्व संकलन भएको थियो ।
चालु आर्थिक वर्ष संगै नवलपुर क्षेत्रको राजस्व कावासोती कार्यालयमा संकलन हुन थाले पछि यहाँको राजस्व संकलनमा कमी आएको हो । नवलपुर क्षेत्रमा मदिरा जन्य ठूला उद्योगहरु रहेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

६ महिनामा ७ अर्ब ५० करोड ९९ लाख राजस्व अशुली
January 20, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
