चितवन / प्रेस संगठन नेपाल चितवनको भरतपुरमा मंगलबार सम्पन्न जिल्ला स्तरीय भेलाले आज माघ ८ गते बिहिवार संगठनको राष्ट्रिय भेलामा सक्रिय रुपमा सहभागिता जनाउने निर्णय गरेको छ ।
प्रेस संगठन नेपाल चितवनका अधिकासं सदस्यहरु मुल नेतृत्वमै रहेको निश्कर्ष निकाल्दै भेलामा आसन्न पत्रकार महासंघको निर्वाचन र संगठनको भावी रणनितीबारे समेत छलफल गरेको छ ।
प्रेस संठगन नेपालका केन्द्रीय सदस्य शिशिर सिंखडाको अध्यक्षतामा भएको भेलामा चितवनका प्रेस संगठनमा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो । मुलुकको पछिल्लो राजनैतिक अवस्था र संगठनले आगामि दिनमा चाल्नुपर्ने थप कदमका बारेमा समेत भेला सहभागीहरुले सुझाव प्रस्तुत गरेका थिए ।
भेलामा संगठनका केन्द्रीय सदस्य शिशिर सिंगडा, अन्नतप्रकाश सुवेदी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, पत्रकार महासंघ चितवनका निर्वतमान अध्यक्ष हरिप्रसाद पोखरेल, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष नवराज ढकाल, प्रेस संगठन प्रदेश कमिटि सदस्य तिलकराम रिमाल, कोमलचन्द्र भगत, रामकान्त पौडेल, प्रतिमा सिलवाल, शंकर अधिकारी लगायतले बोल्नु भएको थियो ।
त्यसैगरी भेलामा आदिवासी जनजाति पत्रकार महासंघका निर्वतमान अधयक्ष सन्तकुमार चौधरी, डव्लु डव्लु जे चितवनका निर्वतमान अध्यक्ष शान्ता अधिकारी लगायतले धारणा राख्नुभएको थियो ।
त्यसैगरी भेलामा अग्रज पत्रकारहरु मनोज विष्ट, शुरेस अधिकारी, अर्जुनप्रसाद शर्मा, मनोज घिमिरे, राेहिणी त्रिपाठी, विश्वास पौडेल, मनोज पन्त, टिकादत्त तिमिल्सिना, कृष्ण खनाल, मधुसुदन दवाडी लगायतले बाेल्नु भएको थियो ।भेलाको सहजिकरण प्रेस संगठनका सदस्य सुवास पण्डीतले गर्नुभएको थियो भने सहभागीहरुलाई प्रेस संगठनका सदस्य गोविन्द घिमिरेले स्वागत गर्नुभएको थियो ।
- ADVERTISEMENT -
प्रेस संगठन नेपालको आज काठमाडौंमा राष्ट्रिय भेला हुँदै
January 21, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -