चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले एकै दिनमा २५ जना फरार व्यक्तिहरु पक्राउ गरेको छ ।
चितवन जिल्ला अदालतले विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकेको फरार व्यक्तिहरु खोजतलास गर्ने क्रममा २५ जना पक्राउ परेका चितवन प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले अदालतबाट सजाय तोकिएका तर फरारको सूचिमा रहेका व्यक्तिहरु खोज तलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय दिव्यनगरको टोलीले माग ७ गते उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।
नकवजनी चोरी, सवारी ज्यान, लागुऔषध, बहु विवाह, वन पैदावार, राष्ट्रिय निकुञ्ज सम्बन्धि कसूर, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध विच्छेद मुद्दामा फरार रहेका २२ जना पुरूष र तीन जना महिला गरी २५ जना फरार व्यक्तिहरूलाई पक्राउ गरिएको थापाले बताए । पक्राउ परेका २५ जना व्यक्तिलाई नै फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा पठाइएको थापाले जानकारी दिए ।
- ADVERTISEMENT -
चितवन प्रहरीद्वारा एकै दिन २५ जना फरार अभियुक्त पक्राउ
January 21, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -