February 6, 2025
- ADVERTISEMENT -

आज नेकपा बहुमत पक्षको ९ ठाउँबाट शक्ति प्रदर्शन

January 22, 2021
Photo : Google.

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमत पक्षले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको कदमबिरुद्ध आज काठमाडौंमा बृहत शक्ति प्रदर्शन गर्दैछ ।
पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपा बहुमत पक्षले नारायणकाजी श्रेष्ठको नेतृत्वमा केन्द्रीय संघर्ष समिति बनाएको थियो । समितिले हरेक प्रदेश, जिल्ला र जनवर्गीय संगठनमार्फत कार्यकर्तालाई काठमाडौंमा एकत्रीत गर्न निर्देशन दिएको छ ।
काठमाडौंका बिभिन्न ९ ठाउँबाट निस्कने जुलुस भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह अगाडिको सडकमा पुगेर बृहत सभामा परिणत हुनेछ ।
सभालाई नेकपाको अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतले सम्बोधन गर्नेछन् ।
प्रदर्शनका लागि माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसबाट जुलुस प्रारम्भ हुनेछ । हरेक जुलुसको नेतृत्व स्थायी कमिटी सदस्यले गर्नेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -