चितवन / चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यको ५० प्रतिशत राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७७/७८ को पुष मसान्त सम्म ६ करोड ८ लाख ४१ हजार रुपैया राजस्व संकलन भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले वताए । यो राजस्व संकलन गत वर्षको पुष मसान्त सम्मको तुलनामा १ करोड ८२ लाख वढि हो ।
गत आर्थिक वर्ष २०७६/७८ को पुष मसान्त सम्म ४ करोड २६ लाख रुपैयाँ संकलन भएको थियो । गत आर्थिक वर्षमा भने ११८ प्रतिशत राजस्व संकलन भएको थियो । गत वर्ष ९ करोड २५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य थियो । चालु आर्थिक वर्षमा भने १२ करोड २५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिईएको छ । चालु आर्थिक वर्षको ६ महिनामा ६ करोड ८ लाख ४१ हजार रुपैया संकलन भएको नगरपालिकाका उपमेयर एवंम् राजस्व परामर्श समिति संयोजक सुनिता थपलियाले जानकारी दिईन् । जस मध्ये ९३ लाख ९६ हजार रुपैयाँ भने लागत सहभागीताको हो ।
यो अवधिमा सवैभन्दा धेरै घरजग्गा रजिष्ट्रेसनबाट २ करोड १७ लाख रुपैया संकलन भएको छ । त्यस्तै सम्पती करबाट १ करोड २१ लाख रुपैयाँ,व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट ५२ लाख ५ हजार रुपैयाँ संकलन भएको उपमेयर थपलियाले वताईन् । यसैगरि सिफारिस दस्तुरबाट ३४ लाख ४६ हजार रुपैयाँ,घरवहाल करबाट २५ लाख ९४ हजार रुपैयाँ,नक्सापास दस्तुरबाट १७ लाख ४ हजार रुपैयाँ ,वहाल विटौरी करबाट ३ लाख ९६ हजार,प्राकृतिक श्रोतको वाँडफाँड भई प्राप्त हुने आम्दानीमा ७ लाख ६५ हजार रुपैयाँ संकलन भएको छ ।
चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसार राजस्व संकलन हुने खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले वताए । उद्योगी व्यवसायी,नगरका कर्मचारी लगायत सम्र्पुण नगरवासीको सहयोगकै कारण हाल सम्म लक्ष्य भन्दा वढि राजस्व संकलन भईरहेकाले यस नगरपालिका आन्तरीक श्रोतबाट सक्षम हुने मेयर चौधरीको भनाई छ ।
खैरहनी नगरपालिकाले गरे ६ करोड बढी राजस्व सङ्कलन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
