मकवानपुर / नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन बर्षसम्म केपी शर्मा ओलीलाई तह लगाउन नसकेको भन्दै आत्मआलोचना गरेका छन् ।
प्रचण्ड–माधव पक्षको नेकपाले राजधानी काठमाडौमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले केपी ओलीलाई तह लगाउनका लागि आफुहरु जनताको माझमा आएको बताए ।
उनले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामात्र नभई यो संविधान र शान्ति प्रकृयालाई नै विघटन गर्न खोजेको प्रस्ट पारे ।
केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही थाप्ने काम भयो भने देश बर्बादीतर्फ जाने उल्लेख गर्दै प्रचण्डले अराजकताको साक्षी कोही पनि नबन्ने विश्वास आफूले लिएको बताए ।
प्रधानमन्त्री ओलीलाई ‘उल्टो खोपडीको मान्छे’ संज्ञा दिँदै प्रचण्डले भने, ‘संविधान आइसियुमा छ, मर्ने हो कि बाँच्ने हो भन्ने अवस्था छ, ओली हाँस्ने र हसाउँने काममा हुनुहुन्छ ।’
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि वाम गठबन्धन बनाएर झण्डै दुई तिहाई बहुमत हासिल गरेपछि देशको आर्थिक विकासमा केन्द्रित हुने गरी पार्टी एकता गरिएको तर यस अवधिमा आफूहरुले केपी ओलीका गलत कृयाकलाप र स्वेच्छाचारी प्रवृत्तिलाई रोक्न नसकिएको उनले बताए ।
January 23, 2021
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -