२०८२ मंसिर २४, बुधबार
December 10, 2025
२०८२ मंसिर २४, बुधबार
December 10, 2025 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

हेटौंडाका फरार तीन जना प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति : २०७७ माघ १० गते
- ADVERTISEMENT -

मकवानपुर / जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न मुद्दामा फरार तीन प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले विभिन्न मुद्दामा फरार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ३३ वर्षीय राजकुमार वाईवा, ३३ वर्षीय हरि गोङ्वा र हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ बस्ने २६ वर्षीय विजय रुम्बालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले सम्मानित जिल्ला अदालत मकवानपुरको मिति २०७२ साल माद्ध २८ गतेको फैसलाले लागूऔषध हिरोइन मुद्‍दामा ६ बर्ष कैद र रु १०,००० जरिवाना तोकी फरार रहेका हेटौंडा–१५ का ३३ वर्षीय राजकुमार वाईवा हेटौंडा–१५ स्थित फायरलाईनबाट आज पक्राउ गरेको हो । उनलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि सम्मानित जिल्ला अदालत मकवानपुरमा पठाउने कार्य भईरहेको मकवानपुर प्रहरीले जनाएको छ।
यसैगरी, जिल्ला अदालत मकवानपुरको मिति २०७५ साल मंसिर १६ गतेको फैसलाले बहुबिवाह मुद्दामा १ बर्ष कैद र रु. ५००० जरीवाना तोकी फरार रहेका प्रतिवादी हेटौंडा–१५ का हरि गोङ्वालाई प्रहरीले आज नै पक्राउ गरेको हो । उनलाई हेटौंडा–१५ स्थित शिखरपानीबाट पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि सम्मानित जिल्ला अदालत मकवानपुरमा पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यस्तै, जिल्ला अदालत मकवानपुरको मिति २०७५ साल असार १२ गतेको फैसलाले लागुऔषध गाँजा मुद्दामा १ महिना ६ दिन कैद र रु २००० जरिवाना तोकी फरार रहेका प्रतिवादी हेटौंडा–१४ का विजय रुम्बालाई पनि आजै पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनलाई –१४ स्थित कालापानीबाट पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि सम्मानित जिल्ला अदालत मकवानपुरमा पठाउने कार्य भइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -