February 12, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भीमफेदी–कुलेखानी सडकखण्ड दुई महिनाका लागि सवारीसाधन आवातजावतमा रोक

January 23, 2021
photo : google

मकवानपुर / मकवानपुरको हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सडकखण्डअन्तरगतको निर्माणधिन आयोजना क्षेत्रमा आजदेखि दुई महिनाका लागि सवारीसाधन आवतजावतमा रोक लगाइने भएको छ ।
बागमती प्रदेश सरकारको गौरबको आयोजनाको रुपमा परिचित उक्त सडकखण्डअन्तर्गतको निर्माणाधीन आयोजना क्षेत्रमा आजदेखि आगामी चैत १० गतेसम्म आयोजनाका सवारी साधनबाहेक सबै सवारी साधन आवतजावतमा रोक लगाइने भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।
यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेश हेटौँडाअन्तर्गत सो आयोजना विस्तार तथा स्तरोन्नतिका लागि निमार्णाधीन क्षेत्रमा आयोजना प्रयोजनबाहेकका सबै सवारी साधन आवतजावतको रोक लगाउने निर्णय भएको हो ।
प्रदेश सरकारको आर्थिक लगानीमा भीमफेदी–देउराली हुँदै कुलेखानीसम्मको १५ किलोमिटर सडक स्तरोन्नति कार्य तोकिएको समयमा गुणस्तरीय निर्माण गर्नुपर्ने भएकाले विभिन्न सरोकारवाला (यातायात पूर्वाधार निर्देशनालय) सुरक्षा निकाय, निर्माण व्यवसायी, पत्रकार महासङ्घका प्रतिनिधिबीच भएको छलफलपश्चात् सो निर्णय भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

- ADVERTISEMENT -