२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना संक्रमण

प्रकाशित मिति : २०७७ माघ १० गते
MERS virus, Meadle-East Respiratory Syndrome coronovirus, 3D illustration
- ADVERTISEMENT -

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ सय ३२ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६३ हजार ७३४ स‌ंक्रमणमुक्त भएका छन् ।
आजको कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ९४ पुगेको छ । हाल १ सय ४७ जना क्वारेन्टाइनमा छन्।

- ADVERTISEMENT -