मनहरी / मकवानपुरको लोकप्रिय कलाकार तथा निर्देशक बाबु थिगंको निर्देशन रहने नेपाली कथानक चलचित्र ‘श्रृजना’को शुभमुहुर्त गरिएको छ । पश्चिम मकवानपुरको मनहरी बजारमै एक समारोहका बीच बागमती प्रदेश सभा सदस्य ओम घलानले चलचित्रको मुहुर्त गरे ।
सो अवसरमा चलचित्रका मुख्य नायकद्धय किशोर खतिवडा र बिरेन डिसी, नायिकाद्धय सबिता रेग्मी र प्रेक्षा बानियाँले मुहर्त सट दिए । निर्देशक थिगंको एक्सनमा नायक नायिकाले मुहुर्त सट दिदाँ सांसद घलानले नरिवल फुटाए । घलानले विभिन्न जातजातिको बसोबास रहेको मनहरीबाट चलचित्र छयांकन सुरु गरिनु सुखद रहेको बताए । यस क्षेत्रको जीवनशैली र रहनसहनलाई फिल्मले गतिलो ढंगले उठान गर्नुपर्ने उनको भनाई छ ।
तामागं, चेपांग र अन्य जातजातिको कला, सँस्कृति, भेषभुषा संरक्षणमा सिनेमाले सकारत्मक भुमिका खेल्नुपर्ने उनको जोड थियो ।
निर्देशक बाबु थिगंले दलित र पिछडिएको समुदायको कथा नै सिर्जना रहेको बताए । उनले फिल्मले मानवता बोकेको र माया प्रेमको कथा प्रस्तुत गर्ने बताए । फिल्मका अभिनेता किशोर खतिवडा र बिरेन डिसीले समाजिक कुरिति र अन्यायको बिरुद्ध आवाज उठाउने प्रतिनिधि पात्रको रुमा अभिनय गर्दैछन । उनीहरुले वास्तविक जीवन बोकेको भुमिका निर्वाह गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिए ।
क्रियशन स्टुडियोको ब्यानरमा बन्ने चलचित्रलाई नरेन्द्र केसी, सन्ध्या शाह लगायतले निर्माण गर्न लागेका हुन । चलचित्रमा रामचन्द्र अधिकारी, केदार दवाडी, बिक्रम लुंबा लगायत पश्चिम मकवानपुरका अधिकांश कलाकारहरुको मुख्य अभिनय रहनेछ । मनहरी, राक्सिरागं, कैलाश सहित हेटौडा दामन लगायत स्थानमो चलचित्रको छयांकनं गरिनेछ । करिब एक महिनामा फिल्मको छयांकन सम्पन्न गरिने लक्ष्य राखिएको छ ।
निर्देशक बाबु थिगंले मौलिक कथा र प्रस्तुति रहने फिल्मलाई दर्शकले रुचाउनेमा बिश्वास रहेको बताए । लामो समय चलचित्रमा बिताएका उनले आफ्नो अनुभव र क्षमता प्रदर्शन अवसर पाएको बताए । उनले दर्जनौ नेपाली, भोजपुरी तथा आदिवासी चलचित्रमा निर्देशन तथा अभिनय गरेका छन ।
चलचित्र ‘श्रृजना’ को शुभमुहुर्त

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
