वीरगञ्ज / वीरगञ्ज महानगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् । वीरगञ्ज-१ छपकैयामा ११ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।
बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ । मियाँविरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जर्बजस्ती करणी मुद्दामा म्याद थप गर्ने तयारी प्रहरीले गरिरहेको छ । बालिका चिच्याएपछि उनका बुवाले थाहा पाएका थिए ।
घटनापछि फरार मियाँलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजीत कुँवरले जानकारी दिए ।
बालिकाका बुवा र नेहाल साथी हुन् । कोठा खोज्न आएका उनी साथीको घरमा पाहुना भएर बसेका थिए । सोही क्रममा शनिबार बिहान बालिकालाई जर्बजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।
सुरुमा जर्बजस्ती करणी प्रयास भएको भन्ने खबर प्रहरीलाई आएको भए पनि पछि बालिकाको स्वास्थ्य जाँच गराउँदा चिकित्सकले करणी नै भएको प्रारम्भिक जानकारी दिएका छन् ।
वीरगञ्जमा ११ वर्षीया बालिका बलात्कृत, भारतीय नागरिक नेहाल पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

नागरिकको जीउधन सुरक्षाका लागि सबै संयन्त्र परिचालन

त्रिशूली भेलमा फसेका तामाङ दम्पत्तीको ३० घण्टापछि सकुशल उद्धार

भोटेकोशी बाढी अपडेट : ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ बेपत्ता

रसुवागढीमा लेदोसहित आएको भोटेकोशीको बाढीले ठूलो क्षति

धार्मिक पर्यटन प्रबर्ध्दनमा देवघाट : गाउँपालिकाद्वारा प्रचार-प्रसारमा जोड
- ADVERTISEMENT -
