–बबिलाल तामाङ
चितवन / सपना रोका मगर जुन अहिले नेपालको परिप्रेक्ष्यमा चर्चित नाम हो । बीबीसीले २०२० विश्वभरि विशेष योगदान दिने १०० महिलाको नाम संकलनको सूचीमा उनी परेकी हुन् । उनी हाल बेवारिसे शव व्यवस्थापनमा संलग्न रहेकी छिन् । १९ वर्षीया सपना रोका मगर सामान्य महिलाहरुको लागि प्रेरणाको स्रोत बन्न पुगेकी छिन् ।
नेपाल मगर संघ चितवनको ३९ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा उनी चितवन आएकी हुन् । मगर संघको विशेष आग्रह र भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनी चितवन आइपुगेकी हुन् ।
कार्यक्रममा बोल्दै उनले सम्मान र मायाले आफू निशब्द भएको बताइन् । उनी आफैँले आफैलाई प्रश्न सोध्न मन लागेको छ, तँ आफू यतिधेरै माथि पुगेकी छस् र यसको लायक छस् भन्दै भावुक भएकी थिइन् ।
यो सम्मान र मायाले आफूलाई आगामी दिनमा अझ धेरै सामाजिक काममा लाग्ने प्रेरणा मिलेको उनले खुशी व्यक्त गरिन् । उनले हिजो चितवन र बुटवलको सडकमा पुगेको मान्छे म र खुल्ला आकाशमुनि आफूले दिनरात कटाएको दुःख समेत पोखिन् ।
विश्वको २०२० को १०० जना महिलाहरुको सूची पर्न सफल भई नेशनल अवार्ड उपाधि पाएपनि यसको लागि धेरै संघर्ष गरेको तीतो अनुभव सुनाइन् । कयौं रात भोकै बिताएको जुनबेला सडकमा थिएँ मलाई खाते, सडकछाप, बजारिया उपनामले समेत बोलाउने गरेको नमीठो जीवन भोगाइ भएको भन्दै उनी भावुक बनिन् ।
अहिले आफू अघि बढ्दै गर्दा मेरो चरित्र हत्या गर्नेसम्मका प्रयास पनि भएको उनले बताइन् । बीबीसीमा नाम आएपछि सपना चर्चित भएपनि आफ्नो कर्तव्यलाई कहिल्यै नभुलेको र आगामी दिनमा आफ्नो कर्तव्यलाई नियमित राख्न कहिल्यै नडगमगाउने उनी भन्छिन् ।
मलाई आर्थिक सहायता भन्दा पनि तपाईहरुको माया र साथ नै मेरो लागि प्रेरणाको स्रोत भएको बताइन् भने सामाजिक काम गर्न गाह्रो हुन्छ, अभाव हुन्छ, कैयौं भोगाइको सामना गर्नुपर्ने उनले भनिन् ।
उनी हिजोको दिनमा सडकमा ४÷५ दिन भोकै, चाउचाउ र पानीको सहायताले आफू बाँचेको बताउँछिन् । अहिले पनि कतिपय अवस्थामा भोकै हुनुपर्छ, साथमा पैसा भएर पनि खाने समयमा नभएको अनुभव उनको छ ।
आगामी दिनमा सबैको सहयोग पाइरहनेमा उनी विश्वस्त छिन् र अपेक्षा पनि गरेकी छिन् । उनले आफूले आफ्नो कर्तव्यलाई कहिल्यै नबिर्सने विश्वास दिलाउन र प्रतिबद्धता पनि व्यक्त गरेकी छिन् । अरुले के भन्छ भन्ने भन्दा पनि आफूले के गर्ने त्यो ठूलो महत्व हुन्छ र आफू खुशीमा के हुन्छ र समाजको लागि राम्रो काम कसरी गर्न सकिन्छ त्यो नै ठूलो कर्तव्य भएको उनी भन्छिन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

सपना भन्छिन् – ‘कयौं दिनरात सडक र खुल्ला आकाशमुनि बिताएँ’ (भिडियो सहित)
January 25, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
