निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सपना भन्छिन् – ‘कयौं दिनरात सडक र खुल्ला आकाशमुनि बिताएँ’ (भिडियो सहित)

प्रकाशित मिति : २०७७ माघ १२ गते
नेपाल मगर संघ चितवनको ३९ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा सम्मानित हुँदै सपना रोका मगर ।
- ADVERTISEMENT -

–बबिलाल तामाङ
चितवन / सपना रोका मगर जुन अहिले नेपालको परिप्रेक्ष्यमा चर्चित नाम हो । बीबीसीले २०२० विश्वभरि विशेष योगदान दिने १०० महिलाको नाम संकलनको सूचीमा उनी परेकी हुन् । उनी हाल बेवारिसे शव व्यवस्थापनमा संलग्न रहेकी छिन् । १९ वर्षीया सपना रोका मगर सामान्य महिलाहरुको लागि प्रेरणाको स्रोत बन्न पुगेकी छिन् ।
नेपाल मगर संघ चितवनको ३९ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा उनी चितवन आएकी हुन् । मगर संघको विशेष आग्रह र भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनी चितवन आइपुगेकी हुन् ।
कार्यक्रममा बोल्दै उनले सम्मान र मायाले आफू निशब्द भएको बताइन् । उनी आफैँले आफैलाई प्रश्न सोध्न मन लागेको छ, तँ आफू यतिधेरै माथि पुगेकी छस् र यसको लायक छस् भन्दै भावुक भएकी थिइन् ।
यो सम्मान र मायाले आफूलाई आगामी दिनमा अझ धेरै सामाजिक काममा लाग्ने प्रेरणा मिलेको उनले खुशी व्यक्त गरिन् । उनले हिजो चितवन र बुटवलको सडकमा पुगेको मान्छे म र खुल्ला आकाशमुनि आफूले दिनरात कटाएको दुःख समेत पोखिन् ।
विश्वको २०२० को १०० जना महिलाहरुको सूची पर्न सफल भई नेशनल अवार्ड उपाधि पाएपनि यसको लागि धेरै संघर्ष गरेको तीतो अनुभव सुनाइन् । कयौं रात भोकै बिताएको जुनबेला सडकमा थिएँ मलाई खाते, सडकछाप, बजारिया उपनामले समेत बोलाउने गरेको नमीठो जीवन भोगाइ भएको भन्दै उनी भावुक बनिन् ।
अहिले आफू अघि बढ्दै गर्दा मेरो चरित्र हत्या गर्नेसम्मका प्रयास पनि भएको उनले बताइन् । बीबीसीमा नाम आएपछि सपना चर्चित भएपनि आफ्नो कर्तव्यलाई कहिल्यै नभुलेको र आगामी दिनमा आफ्नो कर्तव्यलाई नियमित राख्न कहिल्यै नडगमगाउने उनी भन्छिन् ।
मलाई आर्थिक सहायता भन्दा पनि तपाईहरुको माया र साथ नै मेरो लागि प्रेरणाको स्रोत भएको बताइन् भने सामाजिक काम गर्न गाह्रो हुन्छ, अभाव हुन्छ, कैयौं भोगाइको सामना गर्नुपर्ने उनले भनिन् ।
उनी हिजोको दिनमा सडकमा ४÷५ दिन भोकै, चाउचाउ र पानीको सहायताले आफू बाँचेको बताउँछिन् । अहिले पनि कतिपय अवस्थामा भोकै हुनुपर्छ, साथमा पैसा भएर पनि खाने समयमा नभएको अनुभव उनको छ ।
आगामी दिनमा सबैको सहयोग पाइरहनेमा उनी विश्वस्त छिन् र अपेक्षा पनि गरेकी छिन् । उनले आफूले आफ्नो कर्तव्यलाई कहिल्यै नबिर्सने विश्वास दिलाउन र प्रतिबद्धता पनि व्यक्त गरेकी छिन् । अरुले के भन्छ भन्ने भन्दा पनि आफूले के गर्ने त्यो ठूलो महत्व हुन्छ र आफू खुशीमा के हुन्छ र समाजको लागि राम्रो काम कसरी गर्न सकिन्छ त्यो नै ठूलो कर्तव्य भएको उनी भन्छिन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48