२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

चीन गएको कन्टेनर नफर्केपछि व्यवसायीलाई टाट पल्टिने चिन्ता

प्रकाशित मिति : २०७७ माघ १३ गते

रसुवा / रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुका फुर्पा तामाङका ना६ख ३५९१ र बा४ख १४९८ नम्बरका दुइटा कन्टेनर चीनमा रोकिएको एक वर्ष भयो । १५ माघ ०७६ मा सामान लिएर केरुङ गएका कन्टेनर त्यसपछि नेपाल आउनै पाएनन् । त्यस समय ल्होसार परेकाले करिब १ महिना आयात–निर्यात ठप्पजस्तै भयो ।
ल्होसारपछि सुरुमै पालो आउने आसमा उनले आफ्ना गाडी नेपाल–चीन सिमानाबाट करिब २ सय मिटर चीनतर्फको भूभागमा पार्किङ गरेर राखे । तर, ल्होसार नसकिँदै कोरोना महामारी फैलिएपछि चीनले नाका बन्द ग¥यो । त्यसपछि आवतजावत नै बन्द भयो । नाका बन्द भएको एक वर्ष बित्दा पनि व्यवसायीहरूलाई आफ्ना कन्टेनर कुन अवस्थामा छन् ? थाहा छैन । उनी भन्छन्, ‘एक वर्ष भयो, गाडी चलाउन पाएको छैन, गाडीको बिलबुकलगायत कागजपत्र पनि गाडीमै छन्, अवस्था के छ ? केही थाहा छैन ।’
अर्का कन्टेनर व्यवसायी राजु श्रेष्ठका ना६ख २५७२ र ना६ख ९६१६ नम्बरका दुई कन्टेनर पनि चीनमा रोकिएको एक वर्ष भयो । गाडीको अवस्थाबारे नै जानकारी नपाउँदा उनी टाट पल्टने अवस्थामा आएको बताउँछन् । उनी भन्छन्, ‘गाडी स्टार्ट नगरेको एक वर्ष भयो, के छ अवस्था ? केही थाहा छैन ।’
स्याफ्रुका फुर्पा तामाङले आफ्ना कन्टेनर नेपाल ल्याउन जिल्ला प्रशासन कार्यालय रसुवामा दुईपटक अनुरोधसहितको पत्र दिइसकेका छन् । तर, कुनै निकायले पहल नगरेको उनले गुनासो गरे । उनले भने, ‘लालपुर्जा राखेर बंैकबाट ऋण लिएर दुईवटा गाडी किनेँ, तर एक वर्ष भयो, गाडी देख्न पाएको छैन, बैंकको किस्ता तिर्न सकिएको छैन, अब घरजग्गा सबै जाने भयो ।’
बैंकले थाले ताकेता
एक वर्षदेखि किस्ता तिर्न नसक्दा बैंकले ताकेतासहितको पत्र पठाइसकेको उनले बताए । ‘एउटा कन्टेनरको ५१ हजार र अर्कोको ६१ हजार मासिक बैंकलाई किस्ता तिर्ने गरेको थियो, एक वर्ष भयो, तिर्न सकेको छैन,’ उनले भने । यसबाहेक सरकारलाई ४० हजार परमिट नवीकरण, बिलबुकको ट्याक्स तिर्ने गरेको उनले बताए । तामाङ र श्रेष्ठ मात्र होइन, चीनतर्फ रोकिएका अन्य कन्टेनर व्यवसायीको पीडा पनि उस्तै छ ।
अहिले ४५ भन्दा बढी नेपाली कन्टेनर चीनमा थन्किएर बसेका छन् । तर, नेपाली सरकारी अधिकारीलाई नेपाली कन्टेनरको विषयमा यकिन जानकारीसमेत छैन । एक वर्षदेखि रसुवागढी नाका बन्द हुँदा कन्टेनर व्यवसायीहरूको घरवास गुम्ने अवस्था आएको नेपाल चेम्बर अफ कमर्स रसुवाका अध्यक्ष सञ्जीव अमात्यले बताए ।
रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले चीनमा नेपाली कन्टेनर कति छन् भन्ने आधिकारिक विवरण प्राप्त नभएको बताए । १४ असोजपछि दुई देशका अधिकारीबीच बैठक हुन नसकेको समेत उनको भनाइ छ । ‘अहिलेसम्म हामीलाई चेम्बर अफ कमर्सले ५–६ वटा गाडीको पहल गरिदिन अनुरोध गरेको छ, त्यसबाहेक चीनमा आधिकारिक रूपमा कति गाडी छन्, विवरण दिनुस् भनेको अहिलेसम्म आएको छैन,’ उनले भने, ‘हामीले चीनका अधिकारीसँगको हरेक बैठकमा कुरा राखिरहेका छौँ ।’ परराष्ट्र, वाणिज्य मन्त्रालयबाट पनि चीनमा रहेका नेपाली व्यवसायीका गाडी ल्याउन पहल भइरहेको उनले जानकारी दिए ।
पछिल्लो एक वर्षयता कोरोना भाइरसको संक्रमणका कारण चीनसँगको अन्तर्राष्ट्रिय व्यापार प्रभावित बनेको छ । चीनले एकतर्फी नाका सञ्चालन गरेको छ । दैनिक आफ्ना ५ वटा गाडीमा नेपाली भूभागमा सामान झारिदिने गरेको छ । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् ।
चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिकलगायतका सामग्री भित्रिने गरेको छ । नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्री जाने भए पनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ ।
०७१ मंसिर १५ देखि रसुवागढी नाका विधिवत् रूपमा सञ्चालनमा आएको हो । भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भएका थिए, तर रसुवागढी नाका ०७२ मंसिरदेखि पुनः सञ्चालनमा आयो । चीनबाट हुने धेरैजसो आयात यो नाकाबाट ०७२ मंसिरदेखि हुँदै आएको छ । अनु आचार्यले यो समाचार नयाँ पत्रिकामा लेखेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37