September 20, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान आजबाट सुरु

January 27, 2021
FILE PHOTO: Small bottles labelled with "Vaccine" stickers stand near a medical syringe in front of displayed "Coronavirus COVID-19" words in this illustration taken April 10, 2020. REUTERS/Dado Ruvic/Illustration/File Photo

काठमाडौं / सरकारले कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान आज बिहान १० बजेबाट देशभर एकैसाथ शुभारम्भ गर्दैछ । खोपको सुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्नु हुने भएको छ ।
शुभारम्भसँगै पहिलो चरणअन्तरगत देशभरका खोप केन्द्रहरुबाट खोप अभियान सुरु हुने छ । पहिलो चरणमा करिब चारलाख तीस हजार व्यक्तिहरुलाई खोप लगाउने तयारी सरकारले गरेको छ । जसमा खोपको पहिलो मात्रा करिब सात देखि दश दिनमा दिइसक्ने लक्ष्य सरकारको छ । पहिलो मात्रा दिएको चार सातामा दोस्रो मात्रा दिइने छ ।
पहिलो चरणका लागि आएको जम्मा दशलाख खोप मध्ये लक्षित वर्गको संख्याका आधारमा सबैभन्दा बढी बागमती प्रदेशका लागि खोप छुट्याइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रराजस्थित टेकु अस्पतालका निर्देशक डाक्टर सागरराज भण्डारीले टेकु अस्पतालको तर्फबाट पहिलो खोप लगाउने घोषणा गरेका छन् भने दोस्रो नम्बरमा डाक्टर अनुप बास्तोलाले खोप लगाउँने छन् ।
स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणमा ४ लाख ३० हजार फ्रन्टलाइनरले खोप लगाउन पाउनेछन् । खोप अभियानमामा सात प्रदेश र काठमाडौं उपत्यकाका गरी ६२ वटा अस्पताल र ७७ जिल्लाका ३०० भन्दा बढी केन्द्रबाट खोप अभियान सुरु हुनेछ । लक्षित समूहले मात्र खोप पाएको यकिन गर्नका लागि सम्बन्धित संस्थाले खोप पाउने व्यक्तिको सूची सार्वजनिक गर्ने व्यवस्था पनि सरकारले गरेको छ ।