रत्ननगर / शक्तिशाली आमा समूह र रोटरी क्लब अफ रत्ननगरको संयुक्त आयोजनामा अर्गानिक अचार बनाउने तालिम सम्पन्न गरेको छ । अर्गानिक अचार बनाउने तालिम २० दिने तालिम मंगलबार सम्पन्न भएको हो ।
सहभागी महिलाहरुले आमा समूह र तालिम लिएका दिदीबहिनीहरुको संयुक्त लगानीमा अचार उत्पादनको काम सुरु गर्ने आमा समूहकी अध्यक्ष विरञ्जना घिमिरेले बताइन् । उनका अनुसार १७ जना महिलाहरुले विभिन्न स्वादका अचार बनाउने तालिम लिएका छन् ।
तालिममा रोटरी क्लब अफ रत्ननगरले व्यावसायिक रुपमै अचार उत्पादनको तयारी गरेका महिलाहरुलाई अचार उत्पादनको लागि चाहिने मेसिन सहयोग गरेको थियो ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटीले महिलाहरुले उत्पादन गरेको बस्तुको बजारीकरण र भण्डारणको लागि बिक्री केन्द्र सञ्चालनको तयारी गरिएको बताए ।
कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरु दीपककुमार कर्माचार्य, राजेन्द्रकुमार श्रेष्ठ, महासचिव निराजन खनाल, रोटरीका असिस्टेन गर्भनर रमेश श्रेष्ठ, रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष शिवराज उप्रेती, निर्वतमान अध्यक्ष विपीन पोखरेल, रोट्याक्ट क्लब अफ रत्ननगरका अध्यक्ष रोसन पौडेल, रोट्याक्ट क्लब अफ पूर्वी चितवनका अध्यक्ष पुजन लामिछाने सहभागीको तर्फबाट शान्ति श्रेष्ठलगायतले मन्तव्य दिएका थिए ।
तालिम आमा समूहकी अध्यक्ष घिमिरेको अध्यक्षता रहेको थियो भने तालिममा सहभागीहरुलाई मुना श्रेष्ठले प्रशिक्षण दिएकी थिइन ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

रत्ननगरका १७ जना महिलाले लिए अचार बनाउने तालिम

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -














