January 12, 2025
- ADVERTISEMENT -

नेपाल प्रहरी अस्पतालमा कोभिड-१९ खोप केन्द्र शुभारम्भ

January 27, 2021

काठमाडौं / नेपाल प्रहरी अस्पताल महाराजगंजमा कोभिड-१९ खोप केन्द्र शुभारम्भ भएको छ । अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले बुधबार खोप लगाएर उक्त केन्द्रको शुभारम्भ गरेकी हुन् ।
नेपाल सरकारबाट प्राप्त उक्त खोप प्रथम चरणमा अस्पतालका स्वास्थ्यकर्मी, सफाई कर्मचारी, सवारी चालक लगायतका व्यक्तिहरुलाई लगाउने लक्ष्य रहेको उक्त अस्पतालले जानकारी दिएको छ । नेपाल सरकारले तोकेको विभिन्न खोप केन्द्रमध्ये नेपाल प्रहरी अस्पताल दोस्रो ठूलो खोप केन्द्र हो । यस केन्द्रबाट स्वास्थ्य सेवासँग सम्बन्धित अन्य १८ वटा संघसंस्थाका व्यक्तिहरुलाई खोप लगाउने योजना रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -