२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

प्रधानमन्त्रीले पदको गरिमा राख्न नसकेको कांग्रेसको निश्कर्ष

प्रकाशित मिति : २०७७ माघ १४ गते
PM Deuba addressing a programme in Kathmandu, on Tuesday, October 17, 2017. Photo: RSS
- ADVERTISEMENT -

काठमाडौं / नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले पदको गरिमा राख्न नसकेको निश्कर्ष निकालेको छ ।
मंगलबार बसेको केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री ओलीले अलोकतान्त्रिक र असंवैधानिक रुपमा संसद् विघटन गरेको भन्दै उनले प्रधानमन्त्री पदको गरिमा समेत राख्न असफल भएको निश्कर्ष निकालेको हो ।
प्रधानमन्त्री ओलीले पछिल्लो समय सार्वजनिक रूपमा व्यक्त गरिरहेका अभिव्यक्तिहरू प्रति पनि कांग्रेसले आफूहरूको ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
बैठकपछि कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय सार्वजनिक रुपमा व्यक्त गरिरहनु भएका अभिव्यक्तिहरुप्रति यो बैठकको ध्यानाकर्षण भएको छ।’
प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदम असंवैधानिक भनेको कांग्रेस तेस्रो चरणको आन्दोलनमा छ।
‘संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् भन्ने उहाँको अभिव्यक्ति अत्यन्तै अनुचित र अलोकतान्त्रिक छ,’ कांग्रेस केन्द्रीय समितिले गरेको निर्णयमा भनिएको छ, ‘सम्मानीत सर्वोच्च अदालतमा जारी बहसलाई तमासाको संज्ञा, वरिष्ठ अधिवक्ताको अपमान, आलोचक पत्रकारहरुप्रति अशोभनीय टिप्पणी अनि आफूसँग अहसमत सबैथरी प्रति उहाँको तिक्त टिप्पणीले प्रधानमन्त्री पदको गरिमा राख्न उहाँ असफल भएको यो बैठकको निष्कर्ष छ।’
यस्तै प्रतिनिधि सभा विघटनविरूद्ध माघ १२ गते काठमाडौंमा नागरिक आन्दोलनमाथि भएको बल प्रयोगलाई कांग्रेसले गम्भीरतापूर्वक लिइएको बताएको छ।
‘संसद विघटन विरुद्ध माघ १२ गते राजधानीमा समाजको विभिन्न क्षेत्रका नागरिकहरुले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गरेको घटनालाई बैठकले गम्भीरतापूर्वक लिएको छ ।’

- ADVERTISEMENT -