June 24, 2024

चितवन भालुमाराका विपन्न ५० घरधुरीलाई ब्ल्याङ्केट र न्यानो कपडा सहयोग

January 28, 2021

चितवन / भरतपुर हाइट टोल विकास संस्थाले चितवन जिल्लाको ईच्छाकामना गाँउपालिका वडा नं. ७, भालुमाराका विपन्नवर्गलाई न्यानो कपडा वितरण गरेको छ । भालुमारामा रहेको विपन्न ५० घरधुरीलाई प्रति घरधुरी एक ब्ल्याङ्केटकासाथै जाडोको न्यानो कपडा वितरण गरिएको संस्थाका अध्यक्ष शिवराज गिरीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि ईच्छाकामना गाँउपालिका वडा नं. ७ का अध्यक्ष बमबहादुर थापा ‘बिजय’ले विपन्न परिवारले प्राप्त गरेको न्यानो कपडाले यो जाडोमा केही भएपनि राहत मिलेको बताए । संस्थाद्वारा सहयोग गरिएको न्यानो कार्यक्रमको सराहना गर्दै उनले धन्यवाद व्यक्त गरेका थिए ।

संस्थागतरूपमा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने परम्परामा एक नयाँ अध्याय थप गर्ने मनसायले विकटमा रहेका विपन्न परिवारलाई सहयोग गरिएको संस्थाका अध्यक्ष गिरीले बताए । सहयोगी सम्पूर्णमा धन्यवाद दिदैँ आगामी दिनहरुमा पनि यस्तो कार्यलाई अभियानको रुपमा निरन्तरता दिने उनको भनाइ थियो ।
उनका अनुसार नयाँ लुगाको साथमा आफ्ना लगाउन योग्य सयौं थान जगेडा लुगाहरू समेत समावेश गरी प्रदान गरिएको हो भने यसले सहयोगमा अझै प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए ।


पहाडी भेगमा जाडो बढी हुने र त्यस क्षेत्रमा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरु हुने भएकाले टोलवासीको सहयोगमा न्यानो कपडा वितरण गरिएको संयोजक अनिता खनालले बताए ।
कार्यक्रममा संस्थाका इन्दिरा भुषाल, राजेश्वर खनाल, राममाया श्रेष्ठ, सावित्री शर्मा, बिमला बस्ताकोटी र ईच्छाकामना गाउँपालिकाका टेकबहादुर गुरुङ, मानबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -