चितवन / लोकगायक मिलन लामाले रत्ननगर नगरपालिका–९ लालपर्सामा विपन्न परिवारलाई पक्की घर निर्माण गरी हस्तान्तरण गरेका छन् । लामाले अर्थाभावका कारण झुप्रोमा बस्न बाध्य एकल महिला मधु कुमाललाई पक्की घर बनाएर हस्तान्तरण गरेका हुन् ।
घर निर्माणका क्रममा दुई तलाबाट खसेर श्रीमानको मृत्यु भएपछि मधु र उनका दुई छोरा लालपर्सास्थित कुमालटोलमा रहेको झुप्रोमा बस्दै आउएका थिए । उनीहरुको दयनीय अवस्था देखेपछि गायक लामाले ६ लाख खर्च गरेर जस्तापाताले छाएको एकतले नयाँ पक्की घर निर्माण गरिदिएका हुन् । उनले सो घर सो कुमाल परिवारलाई हिजो बिहीवार हस्तान्तरण गरेका छन् ।
विदेशमा रहेका साथीसँग सहयोग जुटाएर घर निर्माण गरेको गायक लामाले बताए । घरसँगै धारासमेत बनाइएको छ । स्थानीय पत्रकार होमनाथ सापकोटाका अनुसार अतिविपन्न वर्गका लागि घर बनाउन गायक लामाले विदेशमा आफूले गीत गाएवापत आउने पैसाले घर निर्माण अभियान शुरु गरेका थिए ।
‘जीवनकालभर मिलन होम, १०० होम’ भन्ने अभियानका साथ विपन्न समुदायको घर निर्माण शुरु गरेका गायक लामाले अहिलेसम्म १६ घर निर्माण गरी विपन्न परिवारलाई हस्तान्तरण गरिसकेको सापकोटाले जानकारी दिए । लामा रत्ननगरका स्थायी बासिन्दा हुन् । विपन्नका लागि आर्थिक जोहो गर्न लामा स्वदेशसँगै विदेशमा समेत गीत गाउन जाने गर्छन् ।
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/Chitwan-Mahotsav-2081-scaled-1.jpg)
लोकगायक लामाले गरे विपन्न परिवारलाई घर हस्तान्तरण
January 29, 2021
![](https://newsprabah.com/wp-content/uploads/2021/01/Milan-Ghar.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/online-matter.webp)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/Hatti-Mahotsab-with-kalaka.gif)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/Prachanda.jpeg)
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/12-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/13-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/14-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/15-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/16-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/09/Central-college.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2021/01/S-P-Company.gif)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/13-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/14-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/15-gate.jpg)
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/12/16-gate.jpg)
भर्खर
- ADVERTISEMENT -
![](https://newsprabah.com/wp-content/uploads/2024/02/Surya-add.gif)