चितवन / लोकगायक मिलन लामाले रत्ननगर नगरपालिका–९ लालपर्सामा विपन्न परिवारलाई पक्की घर निर्माण गरी हस्तान्तरण गरेका छन् । लामाले अर्थाभावका कारण झुप्रोमा बस्न बाध्य एकल महिला मधु कुमाललाई पक्की घर बनाएर हस्तान्तरण गरेका हुन् ।
घर निर्माणका क्रममा दुई तलाबाट खसेर श्रीमानको मृत्यु भएपछि मधु र उनका दुई छोरा लालपर्सास्थित कुमालटोलमा रहेको झुप्रोमा बस्दै आउएका थिए । उनीहरुको दयनीय अवस्था देखेपछि गायक लामाले ६ लाख खर्च गरेर जस्तापाताले छाएको एकतले नयाँ पक्की घर निर्माण गरिदिएका हुन् । उनले सो घर सो कुमाल परिवारलाई हिजो बिहीवार हस्तान्तरण गरेका छन् ।
विदेशमा रहेका साथीसँग सहयोग जुटाएर घर निर्माण गरेको गायक लामाले बताए । घरसँगै धारासमेत बनाइएको छ । स्थानीय पत्रकार होमनाथ सापकोटाका अनुसार अतिविपन्न वर्गका लागि घर बनाउन गायक लामाले विदेशमा आफूले गीत गाएवापत आउने पैसाले घर निर्माण अभियान शुरु गरेका थिए ।
‘जीवनकालभर मिलन होम, १०० होम’ भन्ने अभियानका साथ विपन्न समुदायको घर निर्माण शुरु गरेका गायक लामाले अहिलेसम्म १६ घर निर्माण गरी विपन्न परिवारलाई हस्तान्तरण गरिसकेको सापकोटाले जानकारी दिए । लामा रत्ननगरका स्थायी बासिन्दा हुन् । विपन्नका लागि आर्थिक जोहो गर्न लामा स्वदेशसँगै विदेशमा समेत गीत गाउन जाने गर्छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

लोकगायक लामाले गरे विपन्न परिवारलाई घर हस्तान्तरण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.72
145.32

European Euro
1
171.61
172.32

UK Pound Sterling
1
196.96
197.77

Swiss Franc
1
188.03
188.81

Australian Dollar
1
102.06
102.48

Canadian Dollar
1
106.26
106.70

Singapore Dollar
1
114.49
114.96

Japanese Yen
10
9.43
9.47

Chinese Yuan
1
20.95
21.03

Saudi Arabian Riyal
1
38.59
38.75

Qatari Riyal
1
39.71
39.87

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
39.40
39.56

Malaysian Ringgit
1
37.04
37.19

South Korean Won
100
10.00
10.04

Swedish Kroner
1
16.16
16.23

Danish Kroner
1
22.97
23.07

Hong Kong Dollar
1
18.51
18.59

Kuwaity Dinar
1
474.26
476.22

Bahrain Dinar
1
383.85
385.44

Omani Rial
1
375.92
377.48













