काठमाडौं / अन्ततः गणित विषयलाई कक्षा ११ र १२ को पाठ्यक्रममा अनिवार्य समूहमा राखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले गणितलाई अनिवार्य समूहमा राख्ने निर्णय गरेको हो ।
अब विद्यार्थीले गणित र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षामध्ये एउटा विषय रोज्न पाउनेछन् । बैठकले तेस्रो अनिवार्य विषयमा गणित लिन सक्ने व्यवस्था गरेको हो ।
परिषद्को निर्णयअनुसार विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगीमध्ये एउटा विषय रोज्न पाउनेछन् । ११ तथा १२ का विद्यालयले तेस्रो अनिवार्य विषयका रूपमा गणित वा सामाजिक तथा जीवन उपयोगीमध्ये एउटा अध्यापन गराउनुपर्नेछ । यसअघि तेस्रो अनिवार्य विषयका रूपमा सामाजिक तथा जीवन उपयोगी विषय मात्रै रहेको थियो ।
यसअघि गणितलाई ऐच्छिक विषयमा राखिएपछि गणित अध्येताहरू आन्दोलनमा उत्रिएका थिए । नेपाल गणित समाजले सरकारको निर्णयलाई स्वागत गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
गणित अब कक्षा ११ र १२ मा अनिवार्य
January 30, 2021
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -