February 6, 2025
- ADVERTISEMENT -

प्रधानमन्त्रीको बिरोधमा आँपटारीमा प्रदर्शन

January 30, 2021

चितवन / प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली चितवन आउने भएपछि प्रचण्ड–नेपाल समुहले जिल्लामा प्रदर्शन गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १ आँपटारीमा सो समुहले टायर वालेर बिरोध प्रदर्शन गरेका हुन ।
भरतपुर महानगरको संयोजनामा केन्द्रिय सरकारको बजेटबाट निर्माण हुन लागेका दुईवटा ठूला आयोजनाको शिलन्यास र नेकपा चितवनले आयोजना गरेको बिरोध सभामा सहभागी हुन प्रधानमन्त्री ओली आज चितवन आउन लाग्नु भएको हो ।
प्रधानमन्त्री ओली सहित बिभिन्न मन्त्रीहरु चितवन आउन लागेपछि नेकपा प्रचण्ड–नेपाल समुहले बिरोध जनाएको हो । प्रधानमन्त्री आउने कार्यक्रममा बिरोध स्वरुप टायर वालिए पछि प्रहरीले त्यसलाई हस्तक्षेप गरेको थियो ।
सरकारले असंबैधानिक निर्णय गरेर संसद विघठन गरेको बिरोधमा सो समुह सडमा रहेको छ । संसद पुनस्थापनामा माग गर्दै सडकमा रहेको सो समहुले आजै नारायणगढ क्षेत्रमा प्रधानमन्त्रीले संम्वोधन गर्ने र शिलन्यास गर्ने कार्यक्रममा सहभागी नहुन भन्दै लेखिएको पर्चा भेटीएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -