चितवन / भरतपुर ११, लामाटोलमा अवस्थित विश्व पञ्चशिल शान्ति बुद्ध गुम्बाले २८५७औं सोनाम ल्होछार मनाउने भएको छ । यस वर्ष तामाङ समुदायले मुसा वर्ग (जीवा ल्हो) लाई बिदाई गर्दै गाई वर्ग (लाङ ल्हो) लाई स्वागत गर्दै सोनाम ल्होछार मनाउँदै छन् ।
वर्षेनी मनाउँदै आएको सोनाम ल्होछार कोभिड–१९ लाई मध्यनजर गर्दै सामान्य रुपमा मनाउने तयारी भइरहेको गुम्बाका अध्यक्ष शिवकुमारी लामाले जानकारी दिइन् । विगत वर्षहरुमा राष्ट्रिय कलाकारलाई निमन्त्रणा गरेर भव्य कार्यक्रम गरिए तापनि यस वर्ष कोभिड–१९ का कारण भव्य तरिकाले मनाउन नसकिएको अध्यक्ष लामाले बताइन् ।
हालको विषम परिस्थितिलाई ख्याल गर्दै गुम्बामा स्थानीयस्तरकै कलाकार र गाउँटोलबाटै सामान्य नाचगान गरिने उनले भने । ‘ल्होछारमा सबैजना आ–आफ्नै भेषभूषा आउने छन्, खानपिन गरिने छ’ उनले भने ‘गुम्बामा हरेक वर्षझैँ पूजाआजाको कार्यक्रम गरिने छ ।’
ल्होछार तामाङ समुदायका लागि ठूलो पर्व भएकाले र यसले तामाङ संस्कार संस्कृति झल्किने भएकाले हामीले मान्नु पर्नेमा उनको जोड छ । पहिलेपहिले तामाङ समुदायमै ल्होछार मनाउने प्रचलन नभएको र पछिल्लो समय यसले सबैमा राम्रै प्रभाव पार्दै गएको उनले भनिन् ।
भावी पिढीहरुका लागि हाम्रो संस्कृति, भेषभूषा, परम्परा र ल्होछार बारेमा जानकारी गराउनु पर्ने भएकाले ल्होछार पर्वलाई विशेष रुपमा मनाउँदै आउनु पर्ने उनको बिचार छ । नेपालमा पछिल्लो समय तामाङ समुदायले ल्होछार पर्वलाई निकै उल्लासमय ढंगले मनाउँदै आएको पाइएको छ ।
चितवनको विश्व पञ्चशिल गुम्बाले ल्होछार मनाउने
January 30, 2021
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -