२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

बागमती प्रदेश सभाका नियमित हुने ७ जना सदस्य सम्मानित

प्रकाशित मिति : २०७७ माघ १८ गते
- ADVERTISEMENT -

मकवानपुर / बागमती प्रदेश सभाका ७ जना सदस्य सम्मानित भएका छन् । सोमबार बागमती प्रदेश सभाको तेस्रो वार्षिकोत्सबको उपलक्ष्यमा आयोजित एक कार्यक्रमबीच प्रदेशसभाको बैठकमा नियमित उपस्थित हुने ७ जना सदस्य सम्मानित भएका हुन् ।
सम्मानित हुनेहरुमा प्रदेश सभाका सदस्यहरु क्रमशः गोमा भुर्तेल, बसन्तप्रसाद मानन्धर, चन्द्रबहादुर लामा, सीता अधिकारी, पार्वती शिलवाल, रमेशप्रसाद पौडेल र नरोत्तम वैद्य रहेका छन् ।
उनीहरुलाई प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई, प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले दोसला र प्रशंसापत्रसहित सम्मान व्यक्त गरेका हुन् ।
यसैगरी, सोही कार्यक्रममा प्रदेश सभा सचिवालयका कर्मचारीहरुमध्ये पूर्व सचिव रामशरण घिमिरे, अधिकृतहरु शान्तप्रसाद भुजु, सुन्दर पन्त, मीना तिमल्सिना, दामोदर घिमिरे र उपमर्यादा पालकहरु निराजन ढकाल, लक्ष्मी विष्ट र प्रहरीतर्फ योगेन्द्र थापा मगरलाई पनि सम्मानित भएका छन् । उनीहरुलाई पनि प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले नगद, दोसला र कदर पत्रसहित सम्मान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

- ADVERTISEMENT -