२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

चीनले ३ लाख डोज भ्याक्सिन दिने

प्रकाशित मिति : २०७७ माघ १९ गते
FILE PHOTO: Small bottles labelled with "Vaccine" stickers stand near a medical syringe in front of displayed "Coronavirus COVID-19" words in this illustration taken April 10, 2020. REUTERS/Dado Ruvic/Illustration/File Photo
- ADVERTISEMENT -

काठमाडौं / चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।
काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार नेपालाई छिटै अनुदानमा खोप दिन लागिएको हो । संसारभरि र चीनभित्रै पनि भ्याक्सिनको ठूलो माग भए पनि नेपालसँगको घनिष्ट सम्बन्धका कारण चीनले नेपाललाई खोप दिन लागेको दूतावासले स्पष्ट पारेको छ । चीनले दिएको खोप १ लाख ५० हजार जनालाई लगाउन मिल्नेछ ।
सो खोप चिनियाँ कम्पनी सिनोफार्मले विकास र उत्पादन गरेको हो । यो भ्याक्सिनले चीनमा यसअघि नै ससर्त अनुमति पाइसकेको र जनवरी ३१ सम्म २ करोड ४० लाख मानिसलाई सो भ्याक्सिन दिइसकिएको दूतावासले जनाएको छ । भ्याक्सिनको विश्वसनीयता उच्च स्तरको रहेको दूतावासको भनाइ छ । चिनियाँ दूतावासले खोपको सुरक्षा र प्रभावकारिता विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्डभन्दा माथि रहेको दाबी गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

- ADVERTISEMENT -