चितवन / चितवनको नारायणी कला मन्दिरले नेपालमै ख्याति कमाएका सिनेक्षेत्रका ११ जना व्यक्तित्वहरुलाई स्वागत तथा सम्मान गरेको छ । नेपालमै ख्याति कमाएका सिनेक्षेत्रका ११ जना व्यक्तित्वहरुको आइतबार चितवनमा जम्काभेट भएको हो ।
सम्मानित हुनेहरुमा वरिष्ठ गायिका दावा ग्याल्मो, गीतकार विश्व बल्लभ, फिल्म निर्देशक तथा संचारकर्मी प्रकाश सायमी, साहित्यकार शरद प्रधान, कवि मुरारी सिग्देल, बाध्यवाधक तेजु श्रेष्ठ, तबला बाधक रत्नकाजी, संचारकर्मी मतिना तमावासु, गायिका एन्जेला श्रेष्ठ, टंक ढकाल, मिथिला प्याकुरेल रहेका छन् ।
फिल्म निर्देशक तथा संचारकर्मी सायमीले साहित्यकार तथा गीतकार प्रेम विनोद नन्दन नारायणगढको साहित्यकार उपेन्द्र अक्स भएको बताए । उपेन्द्र अक्ससँग तुलना गर्दै नन्दन शालिन, भद्र व्यक्तित्व भएको उनको भनाइ थियो । उनले महाकवि माधव घिमिरेले नन्दनलाई गोल्ड नेपाली गीति आकाशको सिमलको संज्ञा दिएको बताए । यो हामी सबै हार्मोनीलाई गौरवमय विषय भएको उनको भनाइ थियो ।
साहित्यकार तथा गीतकार प्रेम विनोद नन्दनले कला मन्दिर त्याग र तपस्याको क्षेत्र भएको हुनाले हामी सबै तपस्वी भएको बताए । कयौं प्रतिभावान कलाकारहरु यो मन्दिरबाट जन्मिएको र देश विदेशमा समेत आफ्नो प्रतिभा देखाउन सक्षम भइसकेको उनको भनाइ थियो ।
त्यस्तै फिल्म निर्माता तथा गायक प्रसाद श्रेष्ठको यो एउटा मन्दिर हो, देवीदेवताहरु हाम्रा प्रतिभा तथा कलाकार भएकोले गायन तथा लेखनको तपोस्थल भएको बताए । कार्यक्रममा वरिष्ठ गायिका दावा ग्याल्मो, गीतकार विश्व वल्लभ, कला मन्दिरका पूर्व अध्यक्ष सहन प्रधान, हार्मोनीका अध्यक्ष इतु जोशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसैबीच कार्यक्रममा कला मन्दिरका पूर्व अध्यक्ष तथा गीतकार दिलिप पियाले गीति एल्वम ‘मन’ वितरण गरेका थिए । गीतकार पियाको ‘धोका दिने निर्मोही’ले गीतकार संघ नेपाल २०७२ को वर्ष गीत पुरस्कार समेत प्राप्त गरेको थियो भने उक्त एल्वममा ५ वटा गीत समावेश गरिएको छ ।
कार्यक्रम कला मन्दिरका अध्यक्ष उद्धव जोशीको सभापतित्वमा सम्पन्न भएको थियो भने पूर्व अध्यक्ष अमर प्रधानले संचालन गरेका थिए ।