June 24, 2024

नेपालमा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि

February 1, 2021

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १५९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ । पछिल्लो २४ घण्टामा २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६६ हजार ६०० जना स‌ंक्रमणमुक्त भएका छन् ।
आज कोरोनाबाट कुनै पनि व्यक्तिको मृत्यु भएको छैन । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार २९ छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या २ हजार ४८९ रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -