निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देवघाटको त्रिकोणात्मक पुल बजेट अभावमा रोकियो

प्रकाशित मिति : २०७७ माघ २० गते
- ADVERTISEMENT -

चितवन / चार वर्षदेखि निर्माणको प्रक्रियामा रहेको पवित्र तीर्थस्थल देवघाटको त्रिकोणात्मक पुल ठूलो बजेट हुँदा अगाडि बढ्न सकेको छैन । सस्पेन्सन ब्रिज डिभिजनले बजेट अभाव भएपछि काम अगाडि बढाउन नसकेको हो । डिभिजनका आयोजना प्रमुख ई.कुमार थापाले पुल निर्माणका लागि रु.८३ करोड हाराहारी खर्च हुने बताउनुभयो ।
उहाँका अनुसार डिभिजनले परामर्शदाता कम्पनी मार्फत् नक्सांकनको काम सम्पन्न भई वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा पु¥याएको छ । थापाले भन्नुभयो “हाम्रो थोरै लागतका पुल बनाएको कार्यालयले यति ठूलो बजेट आएपछि निर्णय लिन सकेका छैनौं ।” अर्थमन्त्रालयसँग परामर्श गरेर बजेट सुनिश्चितता भएपछि मात्रै काम अगाडि बढाउने उहाँको भनाई छ ।
डिभिजनले पुल निर्माणलाई आफ्नो कार्यक्रमा समावेश गरेको छ । अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेमा आउँदो आर्थिक वर्षको शुरुमा नै बोलपत्र आव्हान गर्न सकिने उहाँको भनाई छ । यस कार्यालयले झोलुङ्गे पुलको काम गर्दै आएको छ । डिभिजनका सिनियर डिभिजनल ईञ्जिनियर हुमाकान्त मिश्रका अनुसार पुलको बीचको पिल्लरबाट तीनै तर्फ लम्बाई १९०÷१९० मिटर छ । तीनै तर्फको जोडर पुलको कूल लम्बाई ५७० मिटर हुनेछ ।
चितवनतर्फ बीचमा ठूलो एउटा पिल्लर रहन्छ भने पुलले चितवन, नवलपरासी र तनहुँलाई जोड्दछ । पुल २.४ मिटर फराकिलो हुन्छ । उहाँले अहिले प्रचलनमा भईरहेका झोलुङ्गे पुलभन्दा दोब्बर फराकिलो हुने जानकारी दिनुभयो । आकर्षक उच्चस्तरको स्टिलको प्रयोग गरेर आर्च पुल बनाउन लागिएको हो । धार्मिक पर्यटक भित्र्याउने प्रमुख उद्देश्यका साथ पवित्र तीर्थस्थल देवघाटमा तीन जिल्ला जोड्ने गरी त्रिकोणात्मक धार्मिक पर्यटकीय पुल निर्माणको परिकल्पना गरिएको थियो ।
चार वर्ष अघि तत्कालिन देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले समितिका तर्फबाट पुल निर्माणका लागि पहल थाल्नुभएको थियो । उहाँले भन्नुभयो “हामी निरन्तर लागिरहेका छौं, केही दिनमा काठमाण्डौं गएर सम्बन्धित निकायमा अनुरोध गर्दैछौं ।” यो पुल रकमका कारण रोक्न नहुने भन्दै उहाँले देवघाटलाई विश्वसामु चिनाउन पुल सार्थक हुने बताउनुभयो ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले पुल निर्माणका लागि पहल भईरहेको जानकारी दिनुभयो । ठूलो रकम खर्च हुने भएकाले उच्चस्तरमा राजनीतिक र प्रशासनिक क्षेत्रमा पुलको महत्वको बारेमा बुझाउने काम भईरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “मलाई विश्वास छ, छिट्टै पुल निर्माण अघि बढ्छ ।” देवघाट विश्वका हिन्दूहरुका लागि पवित्र तीर्थस्थल हो । देवघाटबाट बढी पर्यटक आउने सौराहा, लुम्बिनी, पोखरा र पशुपति क्षेत्र पनि निकट रहेको छ । ती क्षेत्रमा आउने धार्मिक पर्यटकलाई देवघाट भित्र्याउनका लागि बन्न लागेको पुल सार्थक हुने अपेक्षा गरिएको छ । धार्मिक क्षेत्रमा आकर्षक पुल निर्माणसँगै आन्तरिक र बाह्य पर्यटक बढ्ने घिमिरेको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48