काठमाडौँ / प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनले फागुन ७ गते टुँडिखेलमा नागरिक घोषणापत्र सार्वजनिक गर्ने भएको छ । शोभाभगवतीमा मंगलबार सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठको सालिक अघि गरिएको कार्यक्रममा पत्रकार तथा लेखक नारायण वाग्लेले घोषणापत्र सार्वजनिक गरेपछि नयाँ आन्दोलनको उभार आउने बताए ।
शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकु र धर्मभक्त माथेमालाई फाँसी दिइएको सिफल चौरमा आन्दोलनका कार्यक्रम गरेर मंगलबार नागरिक आन्दोलन शोभाभगवती पुगेको थियो ।
नागरिक अगुवा वाग्लेले चार जनाको सहादत र हजारौं नेपालीको योगदानपछि ७० वर्षअघि प्राप्त प्रजातन्त्रको इतिहास पुनर्व्याख्या गर्दै कहाँ–कहाँ नागरिक अधिकार दमन र कुण्ठित गरियो भनेर पुनर्प्रश्न गर्नुपर्ने आवश्यकता औंल्याए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि पशुपति मन्दिरस्थित शिवलिंगमा सुनको जलहारी हाल्न पैसा दिने उद्घोष गरेर राज्यकोष लुट्न लागेको टिप्पणी वाग्लेले गरे । वाग्लेले राणा शासनमा ठूला–ठूला दरबार वरपर हिँड्न कर्फ्यु लगाइएजस्तै अहिले निषेधाज्ञा लगाइएको उल्लेख गरे । ‘फागुन ७ मा टुँडिखेलमा भेला भएर ७० वर्षयताको एक–एक हिसाब माग्नुपर्छ,’ उनले भने ।
नागरिक घोषणापत्र टुँडिखेलमा सार्वजनिक गरिने
February 3, 2021
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -