२०८२ मंसिर १९, शुक्रबार
December 5, 2025
२०८२ मंसिर १९, शुक्रबार
December 5, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अख्तियार प्रमुखसहित संवैधानिक निकायमा सिफारिस ३८ पदाधिकारीको आज शपथ हुँदै

प्रकाशित मिति : २०७७ माघ २१ गते
- ADVERTISEMENT -

काठमाडौँ / संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायका लागि गरेको नियुक्तिको सिफारिसमा परेकाहरुले आज शपथ लिने भएका छन् ।
सिफारिस भएको ४५ दिनसम्म संसदीय सुनुवाई नहुँदा सिफारिस भएका व्यक्तिहरु सम्बन्धित पदमा स्वतः नियुक्त हुने व्यवस्था अनुसार आज उनीहरुलाई शपथ ग्रहण गराउन लागिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस भएका प्रेमकुमार राई र मानवअधिकार आयोगको अध्यक्षमा सिफारिस भएका तपबहादुर मगरले आज बिहान ९ः०० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने तयारी छ ।
गएको मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगमा नियुक्तिका लागि ३८ जनाको नाम सिफारिस गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -