२०८२ जेष्ठ ३१, शनिबार
June 14, 2025
२०८२ जेष्ठ ३१, शनिबार
June 14, 2025 Saturday

चितवनमा नेकपा (प्रचण्ड–माधव) को मसाल जुलुस [with video]

प्रकाशित मिति : २०७७ माघ २१ गते
- ADVERTISEMENT -

चितवन / विभिन्न संवैधानिक निकायमा प्रमुख र पदाधिकारी नियुक्ति पश्चात आत्तिएको नेकपा प्रचण्ड माधव समूहले भोलीको आमहडताल सफल पार्न भन्दै चितवनमा आज साँझ बुधबार निकालेको मसाल जुलुसलाई प्रहरीले लखेटेको छ।
नारायणगढ स्थित लायन्सचोकबाट निक्लेको मसाल जुलुसलाई प्रहरीले तितरवितर पार्दै अवरोध गरेको हो । पुल्चोकमा पुगेर कोणसभा गर्ने तयारी गरेको प्रचण्ड माधव समूको मसाल जुलुस शहिदचोकमै कोणसभामा परिणत भयो । मसाल जुलुसमा सहभागी युवाहरुले समातेको मसाललाई प्रहरीले खोसेर सडक किनारको नालीमा फालेको थियो ।
शहिदचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा प्रचण्ड माधव समूहका युवा नेता ईश्वर सापकोटा सुमनले भोलीको आमहडताल सफल पार्न सवैलाई आग्रह गरे । मसाल जुलुसमा सहभागी युवाहरुले सरकार विरोधी चर्का नारा लगाएका थिए ।

- ADVERTISEMENT -