November 11, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अब लाइसेन्सका लागि आवेदन असारपछि

February 4, 2021

काठमाडौँ / सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पालो पाउने भएका छन् ।
कोरोनाभाइरस महामारीका कारण १० महिनापछि खुलेको लाइसेन्स आवेदनमा हालसम्म झन्डै तीन लाखले आवेदन दिएका छन् ।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले असारसम्म परीक्षा दिने मिति सकिएकाले अब भर्नेले त्यसपछि मात्र पालो पाउने जानकारी दिए ।
अहिलेसम्म झन्डै तीन लाखले आवेदन दिएका छन्, ‘मेरजुनसम्म परीक्षा दिने मिति सकिएको छ’, उनले राजधानीसँग भने । यो समाचार आजको राजधानी दैनिकमा छ ।

- ADVERTISEMENT -