काठमाडौँ / काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्र1चण्डले जनतालाई दुःख दिएर आफु चाँही गाडीको सयर गर्दै तमासा हेरेको टिप्पणी गरेका छन्।
नेकपाको प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको आमहड्तालका क्रममा विभिन्न ठाउँमा प्रचण्ड गाडी लिएर पुगेका थिए। ओलीले सोहि विषयमा व्यङ्ग्य गरेका हुन् ।
उनले भने ‘अरूका गाडी जलाउनुभयो। आफू गाडीमा सयर भएर तमासा हेर्दै हिँड्नुभयो। जनताले कति दुःख पाएका छन् हँ भनेर। गाडी चढेर तमासा हेर्दै हिँड्नुभयो । ’
उनले प्रचण्डको कार्यकर्ता सकिएकाले आफैं सडकमा उत्रिएको भन्दै टिप्पणी गरे।
उनले कार्यकर्ता जति सबै आफ्नो पक्षमा रहेको दावी गरे ।
आफूले गाडी रोक्न लगाएर हेर्दा सडकमा प्रचण्ड उभिएको देखेको उनको भनाई छ ।
उनले भने ‘गाडी रोक त को उभिएको छ भनेको त प्रचण्ड उभिएको ’, ओलीले भने । ‘उभिएको कहाँ कस्तो ठाउँमा भने फेरि सातदोबाटोमा ।’ उनले व्यङ्ग्य गरे ।
प्रचण्डको कार्यकर्ता सकिएछन्, म यहाँ छु भन्दै सातदोबाटोमा आफैँ उभिएका रहेछन् – ओली

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
