June 14, 2024

बन्दको समर्थन गर्दै मुख्यमन्त्री सडकमा !

February 4, 2021
Photo : Tukhabar

मकवानपुर / नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव पक्षले गरेको आमहड्ताल सफल पार्न कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित अन्य २ जना मन्त्रीहरु सडकमा आएका छन् ।
बन्दको समर्थन गर्दै मुख्यमन्त्री शाहीसहित प्रदेश सरकारका भूमि व्यवस्था तथा सहकारीमन्त्री बिमला केसी र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्द सिह बुढा प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगडी चोकमा पुगेका हुन् ।
मंगलगढी चोकमा पुगेका मुख्यमन्त्री शाहीले सञ्चारकर्मीसंग कुरा गर्दै ओली सरकारले असंवैधानिक रुपमा गरिएको प्रतिनिधि सभा विघटन र संवैधानिक निकायमा गरिएको गैरकानुनी नियुक्तिको सपथग्रहणका विरुद्ध आफूहरु पनि सडकमा आउन बाध्य भएको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -