काठमाडौँ / नेकपा केपी ओली पक्षको जनसभामा प्रधानमन्त्री ओलीसहित ३ जना शीर्ष नेताहरुले आज शुक्रबार सम्बोधन गर्ने भएका छन् ।
‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ हुने विशाल जनसभालाई प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सम्बोधन गर्ने बताइएको छ ।
नारायणहिटीको प्राङ्गणमा हुने जनसभालाई सफल पार्न नेकपाका विभिन्न जनवर्गीय संगठनहरु तीव्र तयारीमा जुटेका छन् । नेकपा वाग्मती प्रदेश संगठन कमिटीले सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने जनाइएको छ ।
मध्यान्ह १२ बजेदेखि हुने सभा अघि काठमाडौँ उपत्यकाका १३ स्थानबाट सांगीतिक प्रस्तुतिसहित जुलूस निकालिने जनाइएको छ । पार्टीमा देखिएको संकटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जान र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गर्न लागिएको आयोजकले जनाएको छ ।
सरकारले प्रतिनिधिसभाको विघटन गरी आगामी वैशाख १७ र २७ गते आम निवार्चन घोषणा गरेको छ ।
दरबारमार्गका हटाइए डिभाइडर
यसैबीच नेपाल कम्युनिस्ट पार्टीको ओली समूहद्वारा नारायणहिटी दरबार संग्रहालय अगाडिको सडकका डिभाइडर हटाइएको छ ।
दरबारमार्गको सडकको बीचमा राखिएको डिभाइडर बिहीबार हटाएर सडक खाली गरिएको छ । यहाँबाट हटाइएको डिभाइडर नारायणहिटी दरबार संग्रहालयको पर्खालमा अड्याएर राखिएको छ । शुक्रबार गर्ने आमसभालाई ओली समूहको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ ।
शुक्रबारको आमसभाका लागि मञ्च निर्माणलगायतको तयारी बिहीबारदेखि नै सुरु गरिएको हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नेकपा केपी ओली पक्षको विशाल जनसभामा आज, दरबारमार्गका हटाइए डिभाइडर

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -











