२०८२ माघ ४, आईतवार
January 18, 2026
२०८२ माघ ४, आईतवार
January 18, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘आगामी निर्वाचनबाट सबै हिसाबकिताब हुन्छ’ – राष्ट्रियसभा सदस्य रावल

प्रकाशित मिति : २०७७ माघ २३ गते
File Photo.
- ADVERTISEMENT -

चितवन / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की केन्द्रीय कमिटी सदस्य तथा राष्ट्रियसभा सदस्य पार्वती रावलले जनताले आगामी निर्वाचनबाट सबै हिसाबकिताब गर्ने बताएकी छिन्। नेकपाले आज आयोजना गरेको बृहत जनसभामा बोल्दै रावलले प्रचण्ड–नेपाल समूहलाई जनताले इमान्दारीपूर्वक हिसाबकिताब गर्ने बताएकी हुन्।
उनले भनिन्, “जनताले चुनेर पठाएको सरकारलाई काम गर्न नदिने प्रचण्ड–नेपाल समूहलाई जनताले निर्वाचनमा हिसाबकिताब गर्छन।” उनले पार्टीका केही पदलोलुप नेताहरुका कारण पार्टीमा समस्या आएको छ। कानुनीरुपमा पार्टी नफुटे पनि वैचारिक र राजनीतिकरुपमा पार्टी फुटिसकेको बताइन्। सरकारलाई काम गर्न नदिने, जनतामा घृणा जगाउने, घेराबन्दी गर्ने गरेकाहरु टुक्रिसकेका छन्। तर, विगतमा हुन नसकेका विकासका कामलाई अहिले तीव्र गतिमा अगाडी बढिरहेको छ।
“सामाजिक र आर्थिकरुपमा देश अगाडि बढिरहेको छ। पहिलोपटक नेपाली जनताले आफ्नो सरकार भएको महशुस गरिरहेको अवस्थामा प्रचण्ड नेपाल समूहले घेराबन्दी गरेको छ”, उनले भनिन्। नेपालीहरुले भविष्य खोजिरहेको भविष्य ओलीबाट मात्रै सम्भव भएको बताउँदै उनले देशका मजदुर किसान, जनता, महिलाहरुले र विद्यार्थीहरुले नेपालमा भविष्य खोजिरहेको बताइन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -