२०८२ जेष्ठ १, बुधबार
May 14, 2025
२०८२ जेष्ठ १, बुधबार
May 14, 2025 Wednesday

कलाकार र खेलाडीहरुलाई भरतपुर एयरपोर्टमा पञ्चेबाजासहित स्वागत

प्रकाशित मिति : २०७७ माघ २३ गते
- ADVERTISEMENT -

चितवन / क्रिकेट खेल्न चितवन आइपुगेका कलाकार र खेलाडीहरुलाई भव्य स्वागत गरिएको छ । भरतपुर विमानस्थलमा शुक्रबार दिउँसो १ः३५ बजे ओर्लिएको कलाकार र खेलाडीको टोलीलाई पञ्चेबाजासहित स्वागत गरिएको हो ।
उनीहरुलाई दाताराम घिमिरेलगायतले स्वागत गरेका थिए । भरतपुरमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्ने उद्देश्यले भोलि (शनिबार) हुन लागेको ‘स्टार क्रिकेट २०२१’ खेल्न सो टोली चितवन आइपुगेको हो । गृष्मा ब्रोडकास्टिङको आयोजनामा रङ्गशालामा आर्थिक सङ्कलनका लागि ‘स्टार क्रिकेट २०२१’ हुन लागेको हो ।
नेपाली फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढी सेलेव्रिटी सहभागी हुने प्रतियोगितामा दुई समूह बाँडिएको छ । दुई समूहलाई धुर्मुस र सुन्तलीले नेतृत्व गर्ने छन् भने मैदानमा धुर्मुस सुन्तली बिच प्रतिस्पर्धा हुनेछ ।
एक दिवसीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा दयाहाङ राई, बद्री पंगेनी, रामकृष्ण ढकाल, संगीना वैद्य, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारीलगायतले क्रिकेट खेल्ने छन् ।

- ADVERTISEMENT -