April 22, 2025

नेतृ आङ सान सुकी घरमै नजरबन्द

February 6, 2021
- ADVERTISEMENT -

एजेन्सी / म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई उनकै घरमा नजरबन्दमा राखिएको पुष्टि भएको छ ।
सोमबार म्यानमारमा सेनाले ‘कु’ गरेर राज्यसत्ता कब्जा गरेपछि ‘नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)’ कि अध्यक्षसमेत रहेकी सुकीलाई घरमै नजरबन्दमा राखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
‘नेतृ सूकीलाई उनकै घरमा नजरबन्दमा राखिएको छ र स्वास्थ्य सामान्य छ,’ उनका सञ्चार अधिकृत क्यी टोयलाई उद्धृत गर्दै एएफपीले भनेको छ ।

- ADVERTISEMENT -