काठमाडौँ / कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान आज सम्पन्न हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार माघ १४ गतेबाट ७७ वटै जिल्लाका २०१ खोपकेन्द्रबाट सुरु भएको ‘कोभिशिल्ड’ खोप अभियान आज सम्पन्न हुने भएको हो ।
पहिलो चरणको खोप अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाईकर्मी र सुरक्षाकर्मीलाई प्राथकिमतामा राखिएको थियो । शुक्रबारसम्मको तथ्यांकअनुसार एक लाख ७१ हजार ४८६ जनाले कोरोनाविरुद्धको खोप लिएका छन् ।
अब पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको खोप प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी भएको बताइएको छ । भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएपछि खोप अभियान सुरु भएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान आज सकिँदै
February 6, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
