काठमाडौँ / नेकपाको प्रचण्ड-नेपाल पक्षले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गरेको छ । शनिबार अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले संयुक्त विज्ञप्ति जारी गरेर उक्त अमानवीय कुकृत्यको घोर भर्त्सना गर्दै निर्मला पन्तको अनुसन्धान जस्तै गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गरेका हुन् ।
‘यहि माघ २२ गते बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं. ७ चडेपानी निवासी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाले हामी स्तब्ध र मर्माहत भएका छौं । विद्यालयबाट घर फर्किंदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामी घोर भर्त्सना गर्दछौं ।’ विज्ञप्ति भनिएकाे छ, ‘विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गर्दै सत्यतथ्य सार्वजनिक गरि दोषीमाथि कडा कार्वाही गर्न माग गर्दछौं ।
’ यसअघि अध्यक्षद्वयले डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको पनि बताएका छन् । बुधबार घरबाट विद्यालय गएकी दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर हत्या गरी फालिएको अवस्थामा नजिकैको लबलेक जङ्गलमा शव फेला परेको थियो ।
शव विभत्स अवस्थामा फेला परेकाले बलात्कारपछि हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ । घटनाको अनुसन्धान गर्न शुक्रबारदेखि तालीम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

बैतडी घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.76
145.36

European Euro
1
171.06
171.77

UK Pound Sterling
1
197.07
197.89

Swiss Franc
1
186.61
187.38

Australian Dollar
1
101.57
101.99

Canadian Dollar
1
105.82
106.26

Singapore Dollar
1
113.88
114.35

Japanese Yen
10
9.21
9.25

Chinese Yuan
1
20.86
20.95

Saudi Arabian Riyal
1
38.60
38.76

Qatari Riyal
1
39.71
39.88

Thai Baht
1
4.60
4.61

UAE Dirham
1
39.41
39.58

Malaysian Ringgit
1
36.67
36.82

South Korean Won
100
9.89
9.93

Swedish Kroner
1
16.04
16.11

Danish Kroner
1
22.90
22.99

Hong Kong Dollar
1
18.53
18.60

Kuwaity Dinar
1
473.69
475.65

Bahrain Dinar
1
383.98
385.57

Omani Rial
1
376.02
377.58











