January 13, 2025
- ADVERTISEMENT -

४२ वर्षपछि पहिलो पटक फेवातालको बाँध मर्मत

February 7, 2021

पोखरा / ४२ वर्षपछि पहिलो पटक फेवातालको बाँध मर्मत शुरु गरिएको छ । त्यसको लागि शुक्रबार र शनिबार गरेर फेवातालमा पानीको सतह १ मिटर घटाइएको छ भने यसबाट पनि मर्मतमा सहजता नभए थप १ मिटर पानी कम गरिने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीले जानकारी दिएको छ ।
तालमा पानी जम्मा गर्न बाँधिएको बाँधका ४ वटै ढोका खोलेर पानी बगाइएपछि तालमा पानीको सतह घटेर बाराही मन्दिर नजिक पुगेको छ । सो कार्यालयका प्रमुख किरण आचार्यका अनुसार २०३५ सालदेखि बाँधको मर्मत भएको थिएन । त्यसले गर्दा वांध कमजोर भएको थियो । बाँध र नहर मर्मतका लागि सरकारले २ करोड बजेट छुट्याएको छ । त्यही अनुसार अहिले काम शुरु भएको हो ।
तालको पानी घटाइपछि पानीले ओगटेका ठूलो भूभाग जमिनमा परिणत भएको छ । वांध मर्मतको कुरा थाहा नपाएका पर्यटकहरु भने फेवातालको पानी एक्कासी घटेको देखेर आश्चर्य चकित भएका थिए । स्मरण रहोस्, फेवातालमा सबभन्दा पहिलो विक्रम संवत् २०१८ सालमा भारतको १५ लाख रुपैयाँ सहयोगमा ४६ फिट अग्लो पटक बाँध बाँधिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -