२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

निर्वाचन आयोग जाँदै आज प्रधानमन्त्री ओली

प्रकाशित मिति : २०७७ माघ २७ गते
File photo
- ADVERTISEMENT -

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग जाने भएका छन् । प्रधानमन्त्री ओली निर्वाचन तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न बिहान ११ बजे आयोग जाने भएको स्रोतले जनाएको छ ।
आयोगले यसअघि नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो तर दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए ।
लगत्तै पार्टीको आधिकारिकता दाबी गर्न नेकपाका पुष्पकमल दाहाल र माधव नेपाललगायतका नेताहरू आयोग पुगेका थिए ।
प्रधानमन्त्री ओली भने पार्टीमा विवाद सुरु भएपछि आयोग गएका छैनन् ।

- ADVERTISEMENT -