काठमाडौं / नेपाल तामाङ घेदुङले २८५७औं भर्चुअल सोनाम ल्होछार मनाउने भएको छ । घेदुङले चुच्चेपाटी काठमाडौंस्थित आफ्नै सभाहलमा पत्रकार सम्मेलन मार्फत् भर्चुअल २८५७औं सोनाम ल्होछार मनाउने जनाएको छ ।
अन्तर्राष्ट्रिय तामाङ परिषद्का उपाध्यक्ष टासी लामाका अनुसार नेपाल तामाङ घेदुङ अन्तर्राष्ट्रिय तामाङ परिषद्सँग समन्वय र सहकार्यमा जिवार नाम्युङ ल्हो–मुसा वर्षलाई विदाई तथा लाङरम्हे ल्होे–गाई वर्षको स्वागत गर्दै मनाइने भएको हो ।
उपाध्यक्ष लामाले माघ २९ गते साँझ ६ः०० बजेबाट जुम भर्चुअल मार्फत ल्होछार साँस्कृतिक कार्यक्रम आयोजना गरिने बताए । कोभिड–१९ को संक्रामक महामारीका कारण विगतका वर्षहरुझैं यस वर्ष काठमाडौंको टुँडिखेलमा ल्होछार महोत्सव तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्न नसकेको उनको भनाइ थियो ।
लाङ ल्हो प्रारम्भको पुर्वसन्ध्यामा आयोजित भर्चुअल कार्यक्रम तामाङ समुदायको साँस्कृतिक धरोहरको रुपमा रहेको संस्थाहरु ताम्वा, लामा र बोन्बोबाट साङ्सेरगेम, मोलम, पूजापाठ गर्नुका साथै तामाङ समुदाय राष्ट्रिय ख्यातिप्राप्त कलाकारबाट सांगीतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान गरिने कार्यवाहक अध्यक्ष कुमार घिसिङले बताए ।
उक्त कार्यक्रममा संसारभरिका शुभेच्छुक ल्होछारप्रेमी महानुभावहरुलाई भर्चुअल कार्यक्रमको समारोहमा जोडिन आयोजक समितिले अनुरोध गरेका छन् ।
- ADVERTISEMENT -

घेदुङले २८५७औं सोनाम ल्होछार भर्चुअलमार्फत मनाउने, सबैलाई जोडिन आग्रह
February 9, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
