July 13, 2024

विमा र क्रिया खर्चसहित साढे ६२ हजार हस्तान्तरण

February 11, 2021

चितवन / सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्था लि. (साकोस) ले विष्णु दमाई र कृष्ण दमाईलाई विमा तथा क्रिया खर्च वापतको ६२ हजार पाँच सय रकम चेकमार्फत हस्तान्तरण गरेको छ ।
संस्थाले दमाईद्वयलाई उनका स्व. माता जुनकेरा दमाईको विमा तथा क्रिया खर्च वापतको रकम बिहीबार एक कार्यक्रम बीच हस्तान्तरण गरिएको संस्थाका सचिव मुकुन्दप्रसाद गौतमले जानकारी दिए ।
गौतमका अनुसार २०७७ साल बैशाख ८ गतेबाट सिद्धि विनायक साकोस संस्था र विमा कम्पनीको सम्झौता भएको र सोही अनुसार दमाईद्वयलाई विमा वापतको रकम प्रदान गरिएको हो ।
संस्थाको तर्फबाट क्रियाखर्च वापत १२ हजार पाँच सय र विमा रकम ५० हजार एकमुष्ठ गरी ६२ हजार पाँच सय उनीहरुलाई उपलब्ध गराइएको संस्थाका व्यवस्थापक विकास पौडेलले बताए । विमा वापतको रकम प्राप्त हुने भएपछि शेयर सदस्यहरुलाई थोरै भएपनि राहत मिल्ने व्यवस्थापक पौडेलको भनाइ छ ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष पुरुषोत्तम गौतम, कोषाध्यक्ष जयराम पाण्डे, राहत वितरण समितिका संयोजक रामप्रसाद घिमिरे, बलराम पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
संस्थाका शेयर सदस्य जुनकेरा दमाईको २०७७ साउन १३ गते मृत्यु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -