काठमाडौं / सरकारले पूर्वराजा, पूर्वप्रधानमन्त्रीसहित पूर्वविशिष्ट व्यक्ति(भीआईपी)ले कार्यविधिविपरीत राख्दै आएका सुरक्षाकर्मी धमाधम फिर्ता गर्न थालेको छ । गृह मन्त्रालयले पूर्व विशिष्टको सुरक्षाका लागि खटाइने सुरक्षाकर्मीबारे नयाँ मापदण्ड बनाएपछि सरकारले मापदण्डविपरीत पर्ने सुरक्षाकर्मी फिर्ता गर्न थालेको हो ।
गृह मन्त्रालयको प्रस्तावमामन्त्रिपरिषद्ले केहीसमयअघि पूर्वविशिष्ट व्यक्तिको सुरक्षासम्बन्धीकार्यविधि २०७७ पारित गरेको थियो । नयाँ स्वीकृत कार्यविधिअनुसार अब पूर्वराष्ट्रपतिले २१ जना, पूर्वप्रधानमन्त्रीले १८ जना, पूर्वराजाले १६, पूर्वउपराष्ट्रपतिले ११ र पूर्वगृहमन्त्रीले दुई जनासुरक्षाकर्मी राख्न पाउनेछन्भने पूर्वप्रधानन्यायाधीश र पूर्वप्रहरी महानीरीक्षकले पनिदुई जना सुरक्षाकर्मी राख्न पाउनेछन् । गृह प्रवक्ता चक्रबहादुर बुढाले नयाँ कार्यविधि कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन भइसकेको जानकारी दिए ।
‘पूर्वविशिष्ट व्यक्तिलाई कति सुरक्षाकर्मी आवश्यक छ र कति दिनुपर्ने भन्ने यकिन भइसकेको छ, यकिनभएको भन्दा बढी भएफिर्ता हुन्छ । त्यहीअनुसार सम्बन्धित निकायमा निर्देशन भइसकेको छ,’ गृह प्रवक्ता बुढाले राजधानीसँग भने । नयाँ कार्यविधि पारित भएपछि नेपाल प्रहरी तर्फबाट पूर्वभीआईपीकोमा खटिँदै आएका ७७ जनाप्रहरी फिर्ता भइसकेका छन् ।
यसैगरी, सशस्त्रप्रहरी बलतर्फबाट ९१ जना सुरक्षाकर्मी फिर्ता भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भीआईपीले नियमविपरीत राखेका सुरक्षाकर्मी धमाधम फिर्ता
February 12, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
