मकवानपुर / मकवानपुर प्रहरीले मोटरसाईकल चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाहीको बागमती नगरपालिका वडा नं. १२ बस्ने २० वर्षीय टेकबहादुर गोले, सोही जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर १४ बस्ने २७ वर्षीय जनक तामाङ र सिन्धुलीको मरिण गाउँपािलका वडा नमबर ८ बस्ने २० वर्षीय निकेस वाईवा रहेका छन् ।
उनीहरुलाई हेटौडा उउपमहानगरपालिका वडा नम्बर १५ स्थित ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले शुक्रबार चोरी भएको बागमती प्रदेश ०३–००२ प ०५१६ नं. को मोटरसाइकलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौंडा–१५ बस्ने २५ वर्षीय शेरबहादुर पाख्रिनको उक्त मोरटसाइकल गत माघ ३० गते शुक्रबार हेटौंडा–४ स्थित घर अगाडि पार्किङ गरेर राखेको ठाउँबाट हराएको भनि प्रहरीमा उजुरी परेको थियो ।
प्रहरीले सोही उजुरीको आधारमा हेटौंडा–१५ मा चेकजाँच गर्ने क्रममा चोरी भएको उक्त मोटरसाइकल र उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि आइतबार मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान गर्नुका साथै उक्त मोटरसाइकल चोरीमा संलग्न जिल्ला सिन्धुली वरिण घर बताउने सुरज तामाङको खोजतलास कार्य भईरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
