चितवन / बिशालचोक, भोजाड, पदमपुर सडकखण्ड स्तरोन्नति कार्य अलपत्र हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । सडक भत्किएर बनेका खाल्डाखुल्डिका कारण दैनिक सवारी दुर्घटना हुने क्रम बढिरहेको छ । यो क्षेत्र भरतपुर महानगरपालिका र कालिका नगरपालिका जोड्ने महत्वपूर्ण सडक भएपनि यी दुबै स्थानिय निकाय मौन छन् ।
स्थानिय निकायले चासो नदियपछि दैनिक ओहोर दोहोर गर्ने सर्वसाधारणहरुले भौतिक पुर्वाधार विकास कार्यालय भरतपुरमा गुनासो गरेपछि आ. व. २०७६ र ७७ मा सडक स्तरोन्नतिको स्वीकृत भएको थियो । तरपनि हालसम्म काम नहुदा योजना अलपत्र परेको छ । आव ७६ र ७७ मा २० लाख रुपैयाँको लागतमा निर्माण कार्यको स्वीकृत भएको थियो ।
२० लाख रुपैयाँको सडक मर्मतलाई टेण्डरमा नलगाई उपभोक्ता समितिलाई जिम्मा दिदा समेत बिबिध कारण देखाऊदै सडक कालोपत्रेको काम प्रभावित हुँदा ग्रावेल बिच्छ्याउने कार्यमै सिमित हुन भयो । यो वर्ष पनि पुन ४५ लाख रुपैयाँ स्विकृत भैसकेको भौतिक पुर्वाधार विकास कार्यालय बाग्मती प्रदेश कार्यालय भरतपुरले बताँउछ ।
कार्यालयका अनुसार गतवर्षको ठेक्का सम्झौतामा बजेट ढिला आएका कारण ग्रावेलको ९ लाख ७५ हजार ५ सय ६२ रुपैयाँ मात्रै ठेकेदार कम्पनिलाइ भुक्तानि दिइएको छ भने बाँकी रकम फ्रिज भएको देखिन्छ । अब हुने नयाँ ठेक्का सम्झौतामा सडक पिचको ठाँउमा ढलान गर्ने गरि तयारि अगाडी बढेको कार्यालयका सिनियर डिभिजनल ईन्जिनियर पुस्करप्रसाद पोखरेल बताउछन् ।
पोखरेलका अनुसार अहिले तत्काल बाटो बढी बिग्रेको क्षेत्रमा ढलानको काम हुनेछ भने बाँकि सडक अर्को योजनामार्फत सम्पन्न गर्ने योजना छ । ढलान योजनाको स्टमेन्ट तयार पनि अन्तिम चरणमा पुगेकोले छिट्टै ठेक्का प्रक्रियामा लाग्ने पोखरेल बताउछन् । बिगतका गतिविधि हेर्दा यो सडकखण्डको स्तरोन्नती अहिले पनि प्रभावित नै सम्भावना देखन्छ ।
- ADVERTISEMENT -

भोजाड र पदमपुर सडकखण्ड निर्माण नहुँदा सर्वसाधारणलाई सास्ती
February 16, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
