June 14, 2024

नेपालमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि

February 16, 2021

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ । पछिल्लो २४ घण्टामा ९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६९ हजार ३०३ जना स‌ंक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ५५ पुगेको छ । आज कोरोनाबाट कुनै व्यक्तिको मृत्यु भएको छैन । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ५८७ रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -