February 11, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सपना रोका मगरलाई धम्की दिने विनयजङ्ग बस्नेत पक्राउ

February 17, 2021
photo : halkaro.

काठमाडौँ / विनयजंग बस्नेत पक्राउ परेका छन् । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई अभद्र व्यवहार गरेको मुद्दामा बस्नेत पक्राउ परेका हुन् । बस्नेतलाई मंगलबार साँझ काठमाडौं गोंगबुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि बस्नेतविरूद्ध आइतबार अभद्र व्यवहारको मुद्दामा जाहेरी दर्ता भएको थियो। त्यसपछि उनलाई पक्राउ गरिएको हो । बेवारिसे शवलाई दागबत्ति दिएर अन्येष्टि गर्ने बस्नेत र मगर केही समयअघि सामाजिक सञ्जालमा भाइरल भएका थिए । बस्नेतलाई मगरले ‘बुबा’ पनि भन्दै आएकी थिइन् तर, पछिल्लोसमय उनीहरुबिच राम्रो सम्बन्ध थिएन ।
यसैबिच बस्नेतले एक युट्युबमा मगरको नांगा तस्वीर आफूसँग भएको भन्दै ‘देखाइदिम देखाइदिम’ भन्दै झोक्किएका थिए ।

- ADVERTISEMENT -