February 6, 2025
- ADVERTISEMENT -

प्रचण्डको सुरक्षामा खटिए पूर्वलडाकु

February 18, 2021

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा पूर्वलडाकुहरु खटिएका छन् । सरकारले सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूको कटौती गरेसँगै अध्यक्ष प्रचण्डको सुरक्षाको नेतृत्व पूर्वलडाकुहरुले गर्न थालेका हुन् ।
हाल अध्यक्ष प्रचण्डको सुरक्षाको लागि पूर्वजनमुक्ति सेना नेपालका बटालियन कमाण्डर प्रकाश पाण्डे (प्रलोक)को नेतृत्वमा १० जनाको टोली खटाइएको छ । पाण्डे शान्ति प्रक्रियामा आएदेखि नै प्रचण्डको सुरक्षा टोलीमा थिए। उनले सेना समायोजनको क्रममा स्वेच्छिक अवकास रोजेका थिए । राष्ट्रिय युवा संघ अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’का अनुसार पार्टी बिभाजनलगत्तै ती पूर्वलडाकुहरु अध्यक्ष प्रचण्डको सुरक्षामा खटिएका थिए । उनीहरु सबै हाल युवा संघमा आबद्ध छन् ।
गृह मन्त्रालयले यसअघि सुरक्षा थ्रेट रहेको भन्दै अध्यक्ष प्रचण्डको सुरक्षामा नेपाल प्रहरीबाट डीएसपीको कमान्डमा २६ जना र सशस्त्र प्रहरीको निरीक्षकसहित ४७ जना गरी ७३ सुरक्षाकर्मी खटिएका थिए । तर, हालै सरकारले कार्यान्वयनमा ल्याएको विशिष्ट व्यक्तिको सुरक्षा मापदण्ड २०७७ अनुसार पूर्वप्रधानमन्त्रीलाई सशस्त्रबाट १६ र नेपाल प्रहरीबाट दुई जनामात्र सुरक्षाकर्मी दिइने उल्लेख छ। त्यसपछि सुरक्षा चुनौती बढेको भन्दै पार्टीले विशेष तालिमप्राप्त पूर्वलडाकुहरुलाई अध्यक्ष प्रचण्डको सुरक्षामा खटाएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -