२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

नेकपा (ओली समूह) चितवनको अध्यक्षमा पार्वती रावल

प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते
- ADVERTISEMENT -

चितवन / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह चितवनको अध्यक्षमा दिलकुमारी रावल ‘पार्वती’ चयन भएकी छन् ।
आज (बुधबार) बसेको जिल्ला कमिटी बैठकले अध्यक्षमा रावललाई चयन गरेको हो । रावल तत्कालीन एमालेको जिल्ला सचिव एवम् राष्ट्रिय सभा सांसद हुन् । सचिव बनेका खनाल रामबहादुर थापा बादल समूहका हुन् ।
बैठकले १० औं जिल्ला अधिवेशन गराउन ५०१ सदस्यीय आयोजक कमिटी गठन गरेको छ । कमिटीका सबै सदस्यहरूको सपथ ग्रहण फागुन १० गते राखिएको नवनियुक्त अध्यक्ष रावलले जानकारी दिईन् ।
साथै बैठकले नीति सिद्धान्त आर्दश र पार्टी एकता विरोधी गतिविधिमा संलग्न भएको आरोप लगाउँदै नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेललाई जिम्मेवारीबाट हटाईएको नेकपा केन्द्रीय सदस्य पुरूषोत्तम न्यौपानेले जानकारी दिए ।

- ADVERTISEMENT -